BIZMANDU
www.bizmandu.com

सरकारले ८ विधामा सूचना तथा सञ्चार प्रविधि पुरस्कार दिँदै, वैशाख ७ गतेसम्म आवेदन दिनुपर्ने

२०८१ चैत्र २४

सरकारले ८ विधामा सूचना तथा सञ्चार प्रविधि पुरस्कार दिँदै, वैशाख ७ गतेसम्म आवेदन दिनुपर्ने
सरकारले ८ विधामा सूचना तथा सञ्चार प्रविधि पुरस्कार दिँदै, वैशाख ७ गतेसम्म आवेदन दिनुपर्ने

काठमाडौं। सरकारले ८ विधामा सूचना तथा सञ्चार प्रविधि पुरस्कार प्रदान गर्ने भएको छ।

Tata
GBIME

सरकारले हरेक वर्षको मे २ तारिखमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउँदै आइरहेको अवस्थामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पुरस्कारका लागि आवेदन मागेको हो।

इच्छुक संस्था तथा व्यक्तिहरुले आवेदन बुझाउन सक्नेछन्।

मन्त्रालयले नेसनल आइसीटी एक्सिलेन्स अवार्ड, नेसनल आइसीटी एक्सिलेन्स अवार्ड (महिला), नेसनल आइसीटी अवार्ड (पब्लिक सेक्टर), नेसनल आइसीटी अवार्ड (प्राइभेट सेक्टर), नेसनल आइसीटी अवार्ड (पब्लिक सेक्टर-प्रदेश/स्थानीय), नेसनल आइसीटी अवार्ड (प्राइभेट सेक्टर-प्रदेश/स्थानीय), नेसनल आइसीटी इनोभेसन अवार्ड र नेसनल आइसीटी स्टार्टअप अवार्डका लागि आवेदन माग गरेको छ।

इच्छुकले वैशाख ७ गते साँझ ५ बजेभित्र मन्त्रालयको इमेल वा सूचना प्रविधि महाशाखामा निवेदन दर्ता गराउनुपर्नेछ।