BIZMANDU
www.bizmandu.com

पञ्जावको पहिलो हार, आर्चर र यशस्वीको उत्कृष्ट प्रदर्शनमा राजस्थानको जित

२०८१ चैत्र २४

पञ्जावको पहिलो हार, आर्चर र यशस्वीको उत्कृष्ट प्रदर्शनमा राजस्थानको जित
पञ्जावको पहिलो हार, आर्चर र यशस्वीको उत्कृष्ट प्रदर्शनमा राजस्थानको जित


राजस्थान रोयल्सले पञ्जाव किंग्सलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा राजस्थानले पञ्जावलाई ५० रनले हराएको हो।

Tata
GBIME

पञ्जावस्थित महाराजा युजवेन्द्रसिंह क्रिकेट स्टेडियममा टस हारे ब्याटिङमा उत्रिएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०५ रन बनाएको थियो। राजस्थानका लागि यशस्वी जसवालले सर्वाधिक ६७ रन बनाउँदा सञ्जु सामसनले ३८, सिमर हेटमायरले २० तथा नितिश रानाले १२ रन बनाए। रियान पराग ४३ र ध्रुव जुरेल १३ रनमा अविजित रहे।

बलिङतर्फ पञ्जावका लोकी फर्ग्युसनले २ विकेट लिँदा अश्रदिप सिंह र मार्को जेनसनले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको पञ्जाव ९ विकेट गुमाउँदै १५५ रनमा समेटियो। पञ्जावका लागि नेहल वाधेराले सर्वाधिक ६२ रन बनाउँदा ग्लेन म्याक्सवेलले ३० तथा प्रभशिमसरन सिंहले १७ रन बनाए।

बलिङमा पञ्जावका जोफ्रा आर्चरले ३ विकेट लिँदा सन्दीप शर्मा र महीस थिक्सनाले समान १ तथा कुमार कार्किकेय र वानिन्दु हषरंगाले समान १ विकेट लिए।

पञ्जावको जारी संस्करणमा पहिलो हार हो। ३ खेल खेलेको पञ्जावले यसअघि लखनउ सुपर जायन्ट र गुजरात टाइटन्सलाई हराएको थियो। अर्कोतर्फ सुरुवाती दुई खेलमा पराजय ब्यहोरेको राजस्थानको चौथो खेलमा दोस्रो जित हो। आईपीएलमा आज सनराइजर्स हैदराबाद र गुजरात टाइटन्स भिड्दैछन्।