BIZMANDU
www.bizmandu.com

एनएसएल: बराबरीमा रोकिए साविक विजेता ललितपुर र उपविजेता धनगढी

२०८१ चैत्र २३

एनएसएल: बराबरीमा रोकिए साविक विजेता ललितपुर र उपविजेता धनगढी
एनएसएल: बराबरीमा रोकिए साविक विजेता ललितपुर र उपविजेता धनगढी


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)को अघिल्लो संस्करणको फाइनल खेलेका दुई टोली ललितपुर सिटी एफसी र धनगढी एफसी बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा ललितपुर र धनगढी गोलरहित बराबरीमा रोकिएका हुन्।

Tata
GBIME

दुबै टोलीले केही राम्रा अवसरहरु बनाएर पनि सदुपयोग गर्न सकेनन्। खासगरी दोस्रो हाफमा ललितपुरले धनगढी माथि दवाब बनाएको थियो। पहिलो हाफ सकिन केही मिनेट बाँकी छँदा दुई टोलीका खेलाडीबीच घम्साघम्सीसमेत परेको थियो। जसमा धनगढीका दुई र ललितपुरका एक खेलाडीसहित प्रशिक्षकले पहेँलो कार्ड पाए।

यो नतिजासँगै ५ अंक बनाएर ललितपुर दोस्रो स्थानमा छ भने ४ अंक बनाएको धनगढी तेस्रो स्थानमा छ। शीर्षमा ६ अंक बनाएको चितवन छ। आजै सम्पन्न पहिलो खेलमा पोखरा थण्डर्सले काठमाडौं रेजर्सलाई २-० गोलले हराएको थियो।