BIZMANDU
www.bizmandu.com

काठमाडौंबाट भैरहवा लगिएका रवि लामिछाने रुपन्देही प्रहरीमा, सोमबार कारागार पठाइने

२०८१ चैत्र २३

काठमाडौंबाट भैरहवा लगिएका रवि लामिछाने रुपन्देही प्रहरीमा, सोमबार कारागार पठाइने
काठमाडौंबाट भैरहवा लगिएका रवि लामिछाने रुपन्देही प्रहरीमा, सोमबार कारागार पठाइने


काठमाडौं। रास्वपा सभापति रवि लामिछानेलाई प्रहरीले काठमाडौंबाट शनिबार भैरहवा पुर्‍याएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि उनलाई प्रहरीले शुक्रबार बेलुकी बुढानिलकण्ठस्थित निवासबाट पक्राउ गरेको थियो।

Tata
GBIME
NLIC

यती एयरलाइन्सको विमानबाट भैरहवा पुरयाइएका उनलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको छ। सहकारी ठगीको आरोपमा सभापति लामिछानेलाई जिल्ला अदालतले धरौटीमा छाड्न गरेको आदेश उल्ट्याउँदै तुलसीपुर उच्च अदालतले शुक्रवार थुनामा पठाउन आदेश दिएको थियो।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड रूपैयाँ धरौटी मागमा छाड्न आदेश गरेको थियो। उक्त आदेशपछि उनी धरौटी बुझाएर छुटेका थिए। जिल्ला अदालतको आदेशविरुद्ध उनी उच्चमा पुगेका थिए। उक्त आदेश उल्ट्याउँदै उच्चले उनलाई थुनामा पठाउने आदेश गरेको हो।

उनलाई प्रक्रिया पुर्‍याएर सोमबार कार्यालय खुलेपछि कारागार पठाइने जिल्ला प्रहरी कार्यालय रुपन्देहीलेले जनाएको छ।