BIZMANDU
www.bizmandu.com

मनाङ पुग्यो रिडारा पिकप, नेपालका अप्ठ्यारा बाटामा पनि इभी यात्रा सहज

२०८१ चैत्र २३

मनाङ पुग्यो रिडारा पिकप, नेपालका अप्ठ्यारा बाटामा पनि इभी यात्रा सहज
मनाङ पुग्यो रिडारा पिकप, नेपालका अप्ठ्यारा बाटामा पनि इभी यात्रा सहज


काठमाडौं। इलेक्ट्रिक पिकप गाडी रिडारा काठमाडौंबाट सजिलै मनाङ पुगेको छ। एनवाईइएफको मोटर र्‍यालीमा रिडारा आरसिक्स फोर ह्वील ड्राइभले इभी मनाङ पुग्ने गौरव प्राप्त गरेको बिक्रेता कम्पनी सीजी मोटर्सले जनाएको हो।

Tata
GBIME
NLIC

काठमाडौंबाट निस्केको गाडीले यात्राका क्रममा बेसीशहरमा एकपटक मात्र चार्ज गरेको कम्पनीको विज्ञप्तिमा छ।

‘मनाङसम्मको कठिन यात्रा पूरा गर्नु रिडाराको उत्कृष्ट प्रविधि र क्षमताको प्रत्यक्ष प्रमाण हो, जसले नेपालको पहाडी भूभागमा पनि विद्युतीय सवारी सहज रुपमा संचालन गर्न सकिन्छ भन्ने देखाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘रिडाराले ३,५१९ मिटरको उच्चता, साँघुरा घुम्तीहरू, पथरीला उकालाहरू र चिसो हावापानीले चुनौतीपूर्ण मनाङ मार्गमा आफ्नो क्षमताको उत्कृष्ट प्रमाण दिएको छ। यस्तो उचाइमा इन्जिन पर्फर्मेन्समा असर पर्न सक्ने भए पनि, आरडीसिक्सले न पावर गुमायो, न त सन्तुलन।’

रिडाराको यो सफलताले इभी प्रयोगकर्ताका लागि सुखद सन्देश दिएको जनाइएको छ। यसले नेपालको भविष्य विद्युतीय गतिशीलतामा सुरक्षित, सक्षम र दिगो छ भन्ने प्रमाण पनि प्रस्तुत गरेको पनि कम्पनीले उल्लेख गरेको छ।