BIZMANDU
www.bizmandu.com

तीनकुने घटनामा प्रहरीको कमजोरी ढाकछोप गर्ने आइजी दीपक थापा र राजु अर्यालको प्रयास

२०८१ चैत्र २२

तीनकुने घटनामा प्रहरीको कमजोरी ढाकछोप गर्ने आइजी दीपक थापा र राजु अर्यालको प्रयास
sf7df8f}F, @@ r}q M /fHo Joj:yf tyf ;'zf;g ;ldlt a}7s /fHo Joj:yf tyf ;'zf;g ;ldltsf] cfh a;]sf] a}7sdf sf7df8fF}sf] tLgs'g]df r}t !% ut]sf] 36gfsf ;DaGwdf u[x dGqfno;Fu ePsf] 5nkmndf wf/0ff /fVg'x'Fb} g]kfn k|x/L k|d'v bLks yfkf . tl:a/M uf]kfn bfxfn÷/f;;

काठमाडौं। चैत १५ गते राजावादीको प्रदर्शनमा देखिएको सुरक्षा कमजोरीको प्रहरीका दुई वटा संगठन र राष्ट्रिय अनुसन्धान विभागले बचाउ गरेका छन्।

Tata
GBIME

नेपाल प्रहरीका प्रमुख दीपक थापा र सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका निमित्त प्रमुख टेकेन्द्र कार्कीले शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सुरक्षा निकायकै कारण थप क्षति हुन नपाएको भन्दै आफ्नो कमजोरी ढाकछोपको प्रयास गरे।

नेपाल प्रहरीका आइजी थापाले प्रदर्शनमा सहभागी राजावादीहरू एक्कासी हिंसात्मक गतिविधिमा उत्रिएका कारण सुरक्षा रणनीति कार्यान्वयनमा चुनौती भएको बताए।

अश्रुग्यास र हवाइ फायर तथा रबरका गोली अधिक प्रयोग गरेको भन्दै सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा थापाले भने, ‘३९ भन्दा बढी राजावादी समूह छन्। एक्कासी हिसांत्मक गतिविधिमा उत्रिएपछि सुरक्षा रणनीति कार्यान्वयनमा चुनौती भयो। मञ्चमा अराजक भाषण भयो। त्यसपछि क्रमश: बल प्रयोग भएको हो। अश्रुग्यास म्याद नाघेको कसरी भन्ने? हामीसँग भएको हानेको हो। प्रदर्शनकारीमाथि बल प्रयोग गरेको कसरी भन्ने? ५५ प्रहरी र २५ सशस्त्र घाइते भए।’

उनले प्रहरीले मञ्चमा अश्रुग्यास प्रहार नगरेको दाबी गरे। ‘मञ्चमा अश्रुग्यास हानेको होइन, अन्त हान्दा त्यहाँ गएको हो,’ उनले भने।

सशस्त्र प्रहरी बलका महानिरीक्षक अर्यालले सुरक्षा निकायले राम्रो भूमिका निर्वाह गरेको भन्दै प्रहरीप्रति सहानुभूति प्रकट नभएको दुखेसो गरे।

‘सुरक्षा निकायले राम्रो काम गरेको भन्ने हाम्रो बुझाइ हो। परिस्थिति आतंककारी हिसाबले अघि बढ्यो। प्रदर्शनकारी ४ हजार मात्र भएपनि आतंककारी भएपछि कठिन भयो,’ उनले भने, ‘घाइते प्रहरीप्रति कसैको पनि सहानुभूति देखिएन। अरुप्रति त सबैको देखियो। यसले प्रहरीको मनोबलमा फरक पर्छ।’

राष्ट्रिय अनुसन्धान विभागका निमित्त प्रमुक कार्कीले प्रदर्शनबारे पर्याप्त सूचना दिएकाले नै थप क्षति नभएको बताए।