BIZMANDU
www.bizmandu.com

फेरि चलेन हैदराबादको ब्याटिङ, कोलकाताको प्रभावशाली जित

२०८१ चैत्र २२

फेरि चलेन हैदराबादको ब्याटिङ, कोलकाताको प्रभावशाली जित
फेरि चलेन हैदराबादको ब्याटिङ, कोलकाताको प्रभावशाली जित

सनराइजर्स हैदराबाद लगातार तेस्रो खेलमा पनि पराजित भएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल)मा गएराति सम्पन्न खेलमा कोलकाता नाइटराइडर्सले हैदराबादलाई ८० रनको प्रभावशाली स्कोरले हराएको हो।

Tata
GBIME
Nepal Life

कोलकाताको इडन गार्डेन स्टेडियममा हैदराबादले टस जितेर घरेलु टोलीलाई पहिला ब्याटिङको निम्ता दिएको थियो।

सुरुवाती ब्याटिङमा उत्रिएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०० रन बनायो। कोलकाताका लागि वेङकटेश ऐय्यरले सर्वाधिक ६० रन बनाउँदा अङक्रिस रघुवंशीले ५०, कप्तान अजिंक्य रहाणेले ३८ तथा रिंकु सिंहले ३२ रन बनाए।

बलिङमा हैदराबादका मोहम्मद शमी, प्याट कमिङ्स, जिसन अन्सारी, हर्षल पटेल र कामिन्दु मेन्डिसले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको हैदराबाद १६.४ ओभरमा १२० रनमा अलआउट भयो। हैदराबादका लागि हेनरिच क्लासनले सर्वाधिक ३३ रन बनाउँदा कामिन्दु मेन्डिसले २७, नितिश कुमार रेड्डीले १९ र प्याट कमिङ्सले १४ रन बनाए।

बलिङमा वैभव अरोरा र वरुण चक्रवर्तीले समान ३ विकेट लिँदा आन्द्रे रसेलले २ तथा हर्षित राना र सुनिल नारेनले समान १ विकेट लिए।

योसँगै ४ खेलबाट ४ अंक बनाउँदै कोलकाता तालिकाको पाँचौँ स्थानमा छ। हैदराबाद समान खेलबाट २ अंकबनाउँदै तालिकाको पुछारमा छ। शुक्रबार लखनउ सुपर जायन्ट र मुम्बई इण्डियन्स लखनउमा भिड्दैछन्।