BIZMANDU
www.bizmandu.com

राजावादीकाे आन्दोलनबाट भएकाे क्षतिमा ४ कराेड ८७ लाखकाे बीमा दाबी, कुन कम्पनीमा कति?

२०८१ चैत्र २१

राजावादीकाे आन्दोलनबाट भएकाे क्षतिमा ४ कराेड ८७ लाखकाे बीमा दाबी, कुन कम्पनीमा कति?
राजावादीकाे आन्दोलनबाट भएकाे क्षतिमा ४ कराेड ८७ लाखकाे बीमा दाबी, कुन कम्पनीमा कति?

काठमाडौं। राजावादीको आन्दोलनका कारण भएकाे क्षतिमा करिब ५ कराेड रूपैयाँको बीमा दाबी परेकाे छ।

Tata
GBIME

नेपाल बीमा प्राधिकरणका अनुसार हुलदंगाकाे कारणले भएकाे क्षतिबापत ११ वटा निर्जीवन बीमा कम्पनीमा ४ कराेड ८७ लाख ६८ हजार रूपैयाँका लागि ४३ वटा माग दाबी परेको हाे।

राष्ट्रिय बीमा कम्पनीमा सबैभन्दा बढी १ कराेड २७ लाख रूपैयाँकाे दाबी परेकाे छ। यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ कराेड १७ लाख रूपैयाँकाे दाबी परेकाे छ।

सम्पत्ति बीमाकाे सर्वाधिक ३ कराेड ११ लाख रूपैयाँकाे दाबी परेकाे छ। निजी माेटर बीमाकाे १ कराेड २९ लाख र इन्जिनियरिङ तथा ठेकेदार जाेखिमकाे ३७ लाख रूपैयाँकाे दाबी परेकाे छ।

बुधबारसम्म परेकाे दाबीमा शिखर इन्स्योरेन्सले ४५ हजार रूपैयाँमा ३ वटा दाबी भुक्तानी गरेकाे छ। राजावादीहरूले चैत १५ गते काठमाडौंमा प्रदर्शनका क्रममा घर र गाडीमा ताेडफाेडका साथै आगजनी गरेका थिए।