BIZMANDU
www.bizmandu.com

कुमारी बैंकले मनायो २४औं वार्षिकोत्सव, ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा दिने प्रतिबद्धता

२०८१ चैत्र २१

कुमारी बैंकले मनायो २४औं वार्षिकोत्सव, ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा दिने प्रतिबद्धता
कुमारी बैंकले मनायो २४औं वार्षिकोत्सव, ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा दिने प्रतिबद्धता

काठमाडौं। कुमारी बैंकले २४औं वार्षिकोत्सव मनाएको छ। बैंकले आफ्ना विभिन्न शाखामा रक्तदान लगायत कार्यक्रम आयोजना गरेर वार्षिकोत्सव मनाएको हो।

Tata
GBIME
Nepal Life

बैंकले वार्षिकोत्सवका अवसरमा कर्मचारीलाई आ–आफ्नो परम्परा र संस्कृति झल्किने भेषभुषा लगाउन प्रोत्साहित गरेको थियो।

देशकै अग्रणी बैंक बन्ने परिकल्पना तथा योजनाअनुरुप ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा तथा वित्तीय सुविधा प्रदान गर्न आफू प्रतिबद्ध रहेको बैंकले बिहीबार प्रेस विज्ञप्तिमार्फत जनाएको छ।