BIZMANDU
www.bizmandu.com

बचत रकम फिर्ता माग्दै सहकारीपीडित र्‍यालीसहित पुगे बालुवाटार (फोटो फीचर)

२०८१ चैत्र २१

बचत रकम फिर्ता माग्दै सहकारीपीडित र्‍यालीसहित पुगे  बालुवाटार (फोटो फीचर)
बचत रकम फिर्ता माग्दै सहकारीपीडित र्‍यालीसहित पुगे बालुवाटार (फोटो फीचर)

मुलुकका विभिन्न जिल्लाबाट काठमाडौं आएर प्रदर्शनमा उत्रिएका सहकारीपीडित बिहीबार बालुवाटार पुगेका छन्। सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको अगुवाइमा आयोजित र्‍यालीमा शान्तिवाटिकादेखि बालुवाटारसम्म पुगेका हुन्।

Tata
GBIME

आफूहरुले राखेको पैसा सहकारीका सञ्चालक र व्यवस्थापकहरुले हिनामिना गरेपछि बिचल्ली बचतकर्ताले सरकारसँग फिर्ता दिलाइदिन माग गर्दै नाराबाजी गरे। र्‍यालीमा उल्लेख्य संख्यामा विभिन्न जिल्लाबाट आएका महिला सहभागी भए।

र्‍यालीसँगै कोणसभा गर्दै उनीहरुले सहकारीको रकम अपचलन गर्ने विभिन्न पार्टीका नेताहरु रहेको आरोप लगाए। सरकारले विभिन्न समय बचतकर्ताको रकम फिर्ता दिलाउने आश्वासन दिए पनि काम भने नगरेको भन्दै उनीहरुले रोष प्रकट गरे।