काठमाडौं। कारोबार खुलेदेखि उकालो लागेर करिब डेढ घण्टामा २७३२ विन्दुमा पुगेको सेयर बजार परिसूचक अन्तिममा २७०३.३९ अंक कायम भएको छ। नेप्से बिहिबार ३.३५ अंकले बढेको छ।
९३ कम्पनीका लगानीकर्ताले कमाएका छन्। ग्रीन भेन्चर्सको मूल्यमा पोजेटिभ सर्किट लागेको छ। १५१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। उपकार लघुवित्तको मूल्य सर्वाधिक ९.१० प्रतिशतले ओरालो लागेको छ।
बजारमा ७ अर्ब ८४ करोड ४६ करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक ७२ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
यस्तै, नेपाल रिइन्स्योरेन्सको ५५ कोड ९९ लाख र एनआरएन इन्फ्रास्ट्रक्चरको ४२ करोड ९७ लाख रुपैयाँको सेयर कारोबार भएको छ।