BIZMANDU
www.bizmandu.com

सडकमा नाच्दै गाउँदै शिक्षकहरुको प्रदर्शन, माग पूरा नभएसम्म काठमाडौं नछाड्ने

२०८१ चैत्र २१

सडकमा नाच्दै गाउँदै शिक्षकहरुको प्रदर्शन, माग पूरा नभएसम्म काठमाडौं नछाड्ने
सडकमा नाच्दै गाउँदै शिक्षकहरुको प्रदर्शन, माग पूरा नभएसम्म काठमाडौं नछाड्ने

काठमाडौं । आज पनि सामुदायिक विद्यालयका शिक्षकहरुले काठमाडौंमा प्रदर्शन गरेका छन्।

Tata
GBIME

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै देशभरबाट शिक्षकहरु काठमाडौं आएका हुन्। हिजोबाट उनीहरुको काठमाडौं केन्द्रित प्रदर्शन सुरु भएको हो।

आज शिक्षकहरुले माइतीघर देखि बानेश्वरसम्म र्‍याली निकालेका थिए। बबरमहलमा कोणसभा गरेका शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी गर्न माग गरेका छन्।

उनीहरुले पूरा नभएसम्म दैनिक काठमाडौंमा आन्दोलन गर्ने जनाएका छन्।

शिक्षकहरुको आन्दोलनका कारण राजधानीको कयौं क्षेत्रमा ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ।