BIZMANDU
www.bizmandu.com

अग्रता उल्टाएर ललितपुरलाई रोकेको काठमाडौंसामु गोलरहित बराबरी खेलेको झापाको चुनौती

२०८१ चैत्र २१

अग्रता उल्टाएर ललितपुरलाई रोकेको काठमाडौंसामु गोलरहित बराबरी खेलेको झापाको चुनौती
अग्रता उल्टाएर ललितपुरलाई रोकेको काठमाडौंसामु गोलरहित बराबरी खेलेको झापाको चुनौती


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा आज काठमाडौं रेजर्स र झापा एफसी आमनेसामने हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार साँझ ६ बजे खेल सुरु हुनेछ।

Tata
GBIME

यी दुवै टोलीले आफ्नो पहिलो खेल बराबरी खेलेका थिए। प्रतियोगिताकै उद्घाटन खेलमा काठमाडौंले पहिलो हाफमा ललितपुर सिटीसँग २-० ले पछि परेको अवस्थालाई उल्टाउँदै २-२ गोलको बराबरी खेलेको थियो। अर्कोतर्फ झापा एफसीले आफ्नो पहिलो खेलमा बुटवल लुम्बिनी एफसीसँग गोलरहित बराबरी खेलेको थियो।

काठमाडौंलाई आफ्नो पहिलो खेलमा जित दिलाउन दुई विदेशी खेलाडीले गोल गरेका थिए। पहिलो गोल अमाडोउ डिओपले गोल गरेका थिए भने दोस्रो गोल भिन्सेन्ट कोजिएल्लोले गरेका थिए। यी विदेशी खेलाडीसँगै काठमाडौंसँग मार्की खेलाडी रोहन कार्कीसँगै कुलदीप कार्की, कमल श्रेष्ठ, दिनेश हेन्जनजस्ता प्रभावशाली नेपाली खेलाडी छन्। काठमाडौंले उद्घाटन खेलमा भने मार्की खेलाडी कार्कीलाई नै बेन्चमा राख्दै प्लेइङ ११ सार्वजनिक गरेको थियो।

अर्कोतर्फ झापासँग लाकेन लिम्बू, छिरिङ गुरुङ, ऋतिक खड्काजस्ता प्रभावशाली नेपाली खेलाडी र अजामत अबदुल्लाएभ, आर्सिक लेजर, अहहजी गेरोजस्ता विदेशी खेलाडी छन्।

खेलको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्नेछ। रंगशालामा टिकट खल्ती या आईएमई पेबाट लिन सकिनेछ। टिकट शुल्क साधारणतर्फ ३ सय र भीआईपीतर्फ ६ सय रुपैयाँ तोकिएको छ। आयोजकले विद्यार्थीलाई ५० प्रतिशत छुट दिने जनाएको छ।