काठमाडौं। नेपाली यू-१९ क्रिकेट टोलीले अफगानिस्तानसँग ३ सय १ रनको लक्ष्य पाएको छ। मुलपानी क्रिकेट मैदानमा टस टस जितेर पहिला ब्याटिङमा उत्रिएको अफगानिस्तानले अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदा ३०० रन बनाउँदै नेपालसामू बलियो चुनौती प्रस्तुत गरेको हो।
अफगानिस्तानको पहिलो विकेट ८.२ ओभरमा गुम्यो। २४ रन बनाएका उजैरुल्लाह नियाजाइ २४ रन बनाएर विपिन शर्माको बलमा आउट भए।
दोस्रो विकेटको साझेदारी तोड्न भने नेपाललाई मुस्किल पर्यो। खालिद अमजदाइ र फैसल सिनोजादाले दोस्रो विकेटका लागि १५४ रनको साझेदारी गरे। यसक्रममा फैसल ९७ रन बनाएर सन्तोष यादवको बलमा रोशन विश्वकर्माबाट क्याचआउट हुँदा खालिद पनि यादवकै बलमा आशिष धामीबाट क्याचआउट भए।
त्यसबाहेक बर्कात इब्राहिमजाइले ३५ रन बनाए। उनलाई अभिषेक तिवारीले धामीबाट क्याचआउट गराए।
बलिङतर्फ नेपालका सन्तोष यादवले सर्वाधिक ३ विकेट लिँदा अभिषेक तिवारीले २ तथा दयानन्द मण्डल र विपिन शर्माले समान १ विकेट लिए। नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।
नेपाल र अफगानिस्तान दुबै यू-१९ विश्वकपको छनोटको तयारीका लागि सिरिज खेलिरहेका छन्।