BIZMANDU
www.bizmandu.com

मौसमी प्रतिकूलताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित, ‘भिजिबिलिटी नै कम छ’

२०८१ चैत्र २१

मौसमी प्रतिकूलताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित, ‘भिजिबिलिटी नै कम छ’
lqe'jg ljdfg:yndf cfGtl/s ljdfg:yndf kflsªdf /flvPsf ljdfgx? . df};ddf v/faLsf sf/0f xjfO{ p8fgx? k|efljt eO/x]sf 5g\ . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फका हुँदै आएको नियमित उडान सेवा मौसमी प्रतिकूलताका कारण प्रभावित हुँदै आएको छ। तीन दिनयता काठमाडौंको वायुमण्डल प्रदूषित भइ विमानस्थलको भिजीबिलिटी कम भएका कारण उडान-अवतरण समयमा हुन नसकेको विमानस्थल प्रमुख जगन्नाथ निरौलाले बताएका छन्।

Tata
GBIME

‘अहिले मौसम धुम्मिएर भिजिबिलिटी नै कम छ। १६ सय मिटर मात्र भिजिबिलिटी कायम हुँदा आइएफआर (इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स) लागू भइरहेको छ,’ उनले भने,’अहिले उडानहरु रद्द नभए पनि ढिला हुँदै आएको छ।’

भिजुअल फ्लाइट रुल्स (भीएफआर) अनुसार स्लटको व्यवस्थापन गरे पनि उडान प्रभावित भएपछि ढिलाइ हुन पुगेको उनले जानकारी दिए। यतिखेर आन्तरिकतर्फ ३०० र अन्तर्राष्ट्रियतर्फ १०० उडान अवतरणको तालिका छ।

दैनिक आन्तरिकतर्फ १३ हजार  र अन्तर्राष्ट्रिय तर्फ १४ हजार यात्रुले सेवा लिँदै आएको उनले जानकारी दिए। तीन दिनयता काठमाडौंको वायुमा अत्यधिक प्रदूषण छ।