काठमाडौं । आजबाट अमेरिकामा आयात हुने कारहरुको मूल्यमा २५ प्रतिशत कर लाग्ने भएको छ। विश्वका अधिकांश देशलाई कर लगाएको घोषणा गरेका अमेरिकी राष्ट्रपति ट्रम्पको ‘कार ट्रारिफ’ भने आजबाटै लागू हुनेछ।
विश्वका कुनैपनि देशबाट अमेरिका भित्रिने कारमा २५ प्रतिशत कर लगाउने घोषणा केही समय अघि ट्रम्पले गरेका थिए।
सन् २०२४ मा मेक्सिकोले अमेरिकामा सबैभन्दा धेरै २५ लाख कार पठाएको थियो। त्यसपछि क्यानडाले ११ लाख कार पठाएको छ। यस्तै, दक्षिण कोरिया, जापान र जर्मनीसहित उत्तर अमेरिकी देशहरुबाट सन् २०२४ मा ३७ लाख कार अमेरिकामा आयात गरिएको थियो।
आजबाट लागू व्यवस्थाबाट अब ४० हजार अमेरिकी डलर पर्ने कारमा १० हजार अमेरिकी डलर कर लाग्नेछ।
ट्रम्प प्रशासनले अटो पार्ट्सको आयातमा समेत कर लगाउने बताइसकेको छ। यो कर भने मे महिनाबाट लागू हुन सक्ने बताइएको छ। यो कर लागू भएसँगै अमेरिकी अटो प्लान्टमा निर्माण हुने कारको मूल्य समेत बढ्नेछ। हाल अमेरिकामा निर्माण हुने सबै कारमा विदेशबाट आयात हुने पार्ट्सहरु प्रयोग हुनेगर्छ।
अमेरिकामा घरपछि कार सबैभन्दा बढी खरिद गरिनेमा पर्छ। सन् २०२४ मा अमेरिकीहरुले १ करोड ३० लाख नयाँ कार र ४ करोड पुरानो कार खरिद गरेका थिए।