काठमाडौं। नेपाली यू-१९ टोली र अफगानी टोलीबीचको युथओडिआई सिरिज आजबाट मुलपानी क्रिकेट मैदानमा सुरु हुँदैछ। यही महिना यू-१९ विश्वकपको छनोट खेल्ने तरखरमा रहेका नेपाल र अफगानिस्तान सिरिज खेल्न लागेका हुन्।
आज पहिलो खेल मुलपानी क्रिकेट मैदानमा बिहान साढे ९ बजे खेल सुरु हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)ले यो सिरिजमा प्रवेश निःशुल्क हुने जनाएको छ।
यसअघि नेपालले दिल्लीसँग अभ्यास खेल खेलेको थियो। वीरगंजमा सम्पन्न उक्त सिरिज नेपालले ३-० ले क्लिनस्वीप गरेको थियो।
विश्वकप छनोटमा नेपाालसहित पाँच टोलीले प्रतिस्पर्धा गर्नेछन। जसमा अफगानिस्तान, ओमन, युएई र हङकङ छन्।
नेपाली टोली
नरेन भट्ट (कप्तान), अभिषेक तिवारी (उपकप्तान), निरोज यादव, शाहिल पटेल, चिराग श्रेष्ठ, रोशन विश्वकर्मा, दर्स सुनार, दिल्साद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री, अर्विन्द घर्ती, सोहिल कुँवर, विपिन शर्मा, नितिश पटेल, अमर मिश्र