BIZMANDU
www.bizmandu.com

जडिबुटी प्रशोधन कम्पनीमा आगजनी गर्ने सिन्धुपाल्चोकका दिनेश खड्का पक्राउ

२०८१ चैत्र २०

जडिबुटी प्रशोधन कम्पनीमा आगजनी गर्ने सिन्धुपाल्चोकका दिनेश खड्का पक्राउ
जडिबुटी प्रशोधन कम्पनीमा आगजनी गर्ने सिन्धुपाल्चोकका दिनेश खड्का पक्राउ

काठमाडौं । चैत १५ गते जडिबुटी  उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गर्ने एकजना पक्राउ परेका छन्।

Tata
GBIME

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुपाल्चोक घर भएका दिनेश खड्कालाई पक्राउ गरेको हो।

प्रहरीले सिसिक्यामराबाट प्राप्त भिडियो हेरेर खड्काको पहिचान गरेको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिइएको हो।

राजावादीहरुको हिंसात्मक प्रर्दशनको क्रममा कम्पनीमा तोडफोड र आगजनी गरिएको थियो। आगजनी हुँदा १८ करोड रुपैयाँ भन्दा बढी क्षति भएको छ।

सन्चो उत्पादन गर्ने कम्पनी पूर्ण रुपमा संचालन हुन नसक्ने अवस्थामा पुर्‍याइएको छ।

प्रहरीले कम्पनीमा तोडफोड र आगजनी गर्ने अन्य व्यक्तिहरुको खोजी गरिरहेको जनाएको छ।