काठमाडौं। नेपाली बजारमा चांगन डिपल ब्रान्डले एक वर्ष पूरा गरेको छ। एमएडब्लू वृद्धि अटोकर्पले एक वर्षमा चांगन डिपलका ३ वटा मोडलका गाडी भित्र्याएको छ।
कम्पनीले सुरुमा डिपल एस०७ एसयूभी ल्याएको थियो। जुन अहिले पनि सफल एसयूभीका रुपमा स्थापित छ। अहिले डिपलको लङरेन्ज भेरियन्ट पनि बजारमा उपलब्ध छ।
डिपल एस०७ सेडान गाडीका अलावा कम्पनीले एक महिना अगाडि एसयूभीलाई पनि पिकअप बनाउन मिल्ने कन्भर्टिवल एसयूभी ई०७ ल्याएको छ।
कम्पनीले एक वर्षमा डिपलका ८०० वटा गाडी बिक्री गरेको जनाएको छ। डिपलले ग्राहक सेवा र सन्तुष्टिलाई प्राथमिकता दिंदै आएको छ। बिक्रीपछिको सेवा र मर्मतमा विशेष ध्यान दिंदै आएको कम्पनीले जनाएको छ।
यस्तै इभी लागि आवश्यक पर्ने चार्जिङ नेटवर्क विस्तारमा पनि कम्पनीले लगानी बढाइरहेको छ। डिपलले नेपालका विभिन्न शहरमा आफ्नो डिलर नेटवर्क विस्तार गरेको छ।