BIZMANDU
www.bizmandu.com

नेप्से परिसूचक २३.८६ अंकले बढेर २७०० विन्दुमा, ५ अर्ब ४४ करोडको सेयर किनबेच

२०८१ चैत्र २०

नेप्से परिसूचक २३.८६ अंकले बढेर २७०० विन्दुमा, ५ अर्ब ४४ करोडको सेयर किनबेच
नेप्से परिसूचक २३.८६ अंकले बढेर २७०० विन्दुमा, ५ अर्ब ४४ करोडको सेयर किनबेच

काठमाडौं। सेयर बजारमा बुधबार सुधार आएको छ। नेप्से परिसूचक २३.८६ अंकले बढेर २७०० विन्दुमा पुगेको छ।

Tata
GBIME
Nepal Life

उत्पादन तथा प्रशोधन बाहेकका कम्पनीले बजार बढाएका हुन्। ट्रेडिङको सूचक सर्वाधिक ९.४९ प्रतिशतले उकालो लागेको छ। फाइनान्सको सूचक ३.२६ प्रतिशतले बढेको छ।

१६६ कम्पनीको सेयर मूल्य बढ्दा विशाल बजार कम्पनी र सेन्ट्रल फाइनान्सको मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

७८ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ। बजारमा ५ अर्ब ४४ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। सीइडीबी होल्डिङसको सर्वाधिक ३६ करोड ५५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

यस्तै, हिमालयन रि-इन्स्योरेन्सको ३५ करोड ६ लाख र ङादी ग्रुप पावरको २७ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।