BIZMANDU
www.bizmandu.com

न्यु एयर इभको दिन जर्मन होम्समा राम कृष्ण ढकाल एण्ड ब्याण्डको प्रस्तुती

२०८१ चैत्र २०

न्यु एयर इभको दिन जर्मन होम्समा राम कृष्ण ढकाल एण्ड ब्याण्डको प्रस्तुती
न्यु एयर इभको दिन जर्मन होम्समा राम कृष्ण ढकाल एण्ड ब्याण्डको प्रस्तुती


काठमाडौं । नयाँ वर्ष २०८२ सालको पूर्वसन्ध्यामा भक्तपुरको गठ्ठाघरमा रहेको जर्मन होम्सले ‘न्यु इयर इभ’ कार्यक्रम गर्ने भएको छ।

Vigo
GBIME
Tata

सो कार्यक्रममा गायक राम कृष्ण ढकाल एण्ड ब्याण्डको प्रस्तुति रहने आयोजकले जनाएको छ। ‘न्यु इयर इभ एट जर्मन होम्स विथ राम कृष्ण ढकाल’ नाम दिइएको कार्यक्रममा गायक ढकालसँगै अन्य राष्ट्रिय कलाकारहरूको पनि प्रस्तुति रहने जनाइएको छ।

चैत ३१ गते बेलुका ६ बजेबाट सुरु हुने कार्यक्रम राती १२ बजेसम्म चल्ने जनाइएको छ। सांगितिक कार्यक्रममा कमेडी शो, साल्सा नृत्य र डीजे सेसन पनि रहने छ।

सो कार्यक्रममा न्यु जर्मन आर्किटेक्चरमा बनेको भव्य हल उद्घाटन पनि गरिनेछ। सो कार्यक्रममा करिब १ हजार ५०० देखि २ हजार दर्शकलाई सहभागिता गराउने लक्ष्य राखिएको छ।

‘न्यु इयर इभ एट जर्मन होम्स’ मा सहभागिता जनाउन यही चैत २२ गते बाट खल्ती एप मार्फत टिकट बुकिङ गर्न सकिनेछ। डोर सेलको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सहभागी हुने मध्यबाट एक जनाले थाइल्यान्ड ट्रिपको पुरस्कार प्राप्त गर्न सक्नेछन् भने अन्य विशेष उपहारहरू पनि रहेका छन्।