BIZMANDU
www.bizmandu.com

बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिमा सर्वोच्चले दियो कारण देखाउ आदेश, बोलायो दुवै पक्षलाई

२०८१ चैत्र २०

बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिमा सर्वोच्चले दियो कारण देखाउ आदेश, बोलायो दुवै पक्षलाई
बीमा प्राधिकरणका अध्यक्ष ओझाको नियुक्तिमा सर्वोच्चले दियो कारण देखाउ आदेश, बोलायो दुवै पक्षलाई

काठमाडौं। नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ।

Tata
GBIME
Nepal Life

न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले ओझाको नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाईपछि बुधबार कारण देखाउ आदेश जारी गर्दै वादी र प्रतिवादी दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

ओझाको नियुक्तिविरुद्ध अधिवक्ता इन्दिरा धमलाले चैत १७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, अर्थ मन्त्रालय, सिफारिस समिति, प्राधिकरण र ओझालाई प्रतिवादी बनाएर सर्वोच्चमा रिट दायर गरेकी थिइन्।

फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले ओझालाई प्राधिकरण अध्यक्ष नियुक्ति गर्ने निर्णय गरेको थियो।

उच्च व्यवस्थापकीय अनुभव नभएका ओ‌झालाई स्वार्थ समूहको प्रभावमा नियुक्त गरेको भन्दै यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको छ।