BIZMANDU
www.bizmandu.com

एनएसएल : पहिलो खेलमा जित निकाल्न नसकेका ललितपुर र पोखरा भिड्दै

२०८१ चैत्र २०

एनएसएल : पहिलो खेलमा जित निकाल्न नसकेका ललितपुर र पोखरा भिड्दै
एनएसएल : पहिलो खेलमा जित निकाल्न नसकेका ललितपुर र पोखरा भिड्दै


काठमाडौं । नेपााल सुपर लिग (एनएसएल) मा आज ललितपुर सिटी एफसी र पोखरा थण्डर्स आमनेसामने हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ ६ बजे खेल सुरु हुनेछ।

Tata
GBIME

यी दुवै टोलीले जारी संस्करणमा पहिलो खेल खेलिसक्दा जित निकाल्न सकेका छैनन्। ललितपुर उद्घाटन खेलमा २ गोलको अग्रता जोगाउन नसक्दा काठमाडौंसँग २-२ गोलको बराबरी खेलेको थियो। उक्त खेलमा अघिल्लो खेलमा ललितपुरका लागि आदित्य शाक्य र जोनाथन कान्टिलानाले गोल गरेका थिए।

त्यस्तै, विवादस्पद खेलमा पोखरा चितवनसँग २-० गोलले पराजित भएको थियो।

हालसम्म यी दुई टोली तीनपटक आमनेसामने भएका छन्। जसमा दुई खेल बराबरीमा रोकिँदा एक खेल ललितपुरले जितेको थियो।

अनन्त तामाङको कप्तानीमा रहेको ललितपुर एनएसएलको साविक विजेता पनि हो। अर्कोतर्फ पोखराका प्रशिक्षक श्रेष्ठले चितवनसँग खेलअघिको लफडा ले खेलाडीलाई मानसिक दबाब परेको बताउँदै ललितपुरविरुद्धको खेलमा कमब्याक गर्ने बताएका छन्।

खेलको टिकट शुल्क भिआईपीतर्फ ६०० रुपैयाँ र साधारणतर्फ ३०० रुपैयाँ तोकिएको छ। यसमा विद्यार्थीलाई ५० प्रतिशत छुट हुने आयोजकले जनाएको छ।

अंकतालिकामा १ अंकसहित ललितपुर चौथो स्थानमा छ। अंकविहीन पोखरा पुछारमा छ। आजको खेलमा जित निकाले ललितपुर शीर्षमा उक्लने छ।