BIZMANDU
www.bizmandu.com

डलर अर्बपति विनोद चौधरीको सम्पत्ति बढ्यो, रियल टाइम नेटवर्थ २ अर्ब डलर!

२०८१ चैत्र २०

डलर अर्बपति विनोद चौधरीको सम्पत्ति बढ्यो, रियल टाइम नेटवर्थ २ अर्ब डलर!
डलर अर्बपति विनोद चौधरीको सम्पत्ति बढ्यो, रियल टाइम नेटवर्थ २ अर्ब डलर!

नेपालका एक्ला डलर अर्बपति तथा सांसद विनोद चौधरीको सम्पत्ति बढेको छ। फोर्ब्सले जारी गर्ने अर्बपतिहरुको सूची अनुसार बुधबार उनको रियल टाइम नेटवर्थ २ अर्ब डलर छ।

Tata
GBIME

हाल उनी विश्वका धनाढ्यको सूचीमा १७३१ औं नम्बरमा छन्।

सीजी कर्प ग्लोबलका मालिक विनोद चौधरीसँग नेपालको नबिल बैंक तथा सिजी फुड्सको ठूलो हिस्सा सेयर स्वामित्व छ। लोकप्रिय वाइवाइ चाउचाउ बनाउने सिजी फुड्सका कारण उनलाई ‘नुडल किङ’ समेत भन्ने गरिन्छ।

वाइवाइको नेपाल बाहेक भारत, बंगलादेश र सर्बियाको फ्याक्ट्रीबाट समेत उत्पादन हुन्छ भने इजिप्टमा पनि नयाँ  फ्याक्ट्री निर्माणाधीन छ।

सीजी होटलअन्तर्गत १ सय ४३ होटलहरुको स्वामित्व तथा व्यवस्थापन भइरहेको छ जसमा भारतको ताज होटल चेनलगायत अन्य लग्जरी होटलहरु पर्छन्।

६९ वर्षका विनोदको सम्पत्ति सन् २०२३ र २०२४ मा कति पनि थपघट भएको थिएन। सन् २०२५ मा भने बढेको देखिएको हो।

सन् २०१६ मा उनी पहिलोपटक १.१ अर्ब डलर सम्पत्तिका साथ फोर्ब्सको धनाढ्य सूचीमा परेका थिए। सन् २०१९ मा १.७ अर्ब डलर पुगेको उनको सम्पत्ति त्यसपछिका वर्षहरुमा लगातार ओरालो लाग्यो।

सन् २०२३ र २०२४ मा १.८ अर्ब डलरमा स्थिर रहेको सम्पत्तिमा सन् २०२५ मा २ अर्ब डलर पुगेको फोर्ब्सको रियल टाइम इन्डेक्सले देखाएको छ।