BIZMANDU
www.bizmandu.com

एनसेलले विभिन्न ९ पदमा खुलायो जागिर, कमर्सियल डाइरेक्टरदेखि सहायक इन्जिनियर नियुक्त गर्दै

२०८१ चैत्र २०

एनसेलले विभिन्न ९ पदमा खुलायो जागिर, कमर्सियल डाइरेक्टरदेखि सहायक इन्जिनियर नियुक्त गर्दै
एनसेलले विभिन्न ९ पदमा खुलायो जागिर, कमर्सियल डाइरेक्टरदेखि सहायक इन्जिनियर नियुक्त गर्दै

काठमाडौं। एनसेलले विभिन्न ९ पदमा जागिर खुलाएको छ। निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले कमर्सियल डाइरेक्टरदेखि असिस्टेन्ट इन्जिनियरको पदमा जागिर खुलाएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले बिजनेस सोलुसन्स हेर्ने कमर्सियल डाइरेक्टर, वरिष्ठ विशेषज्ञ (ब्राण्ड एण्ड मार्केटिङ), सेल्स एक्जिक्युटिभ (एसएमई), सहायक विशेषज्ञ (च्यानल सपोर्ट एण्ड केवाइसी र च्यानल एण्ड सेग्मेन्ट्स) पदमा नयाँ नियुक्ति गर्न आवेदन खुलाएको छ।

यस्तै, सोलुसन्स् एण्ड बिजनेस डेभलपमेन्ट (युनिट प्रमुख), विशेषज्ञ (होलसेल गभर्नेन्स् एण्ड कन्ट्रोल्स्), सहायक विशेषज्ञ (इन्टरनेसनल एटुपी होलसेल बिजनेस) र सहायक इन्जिनियर (प्ल्याटफर्म प्लानिङ एण्ड म्यानेजमेन्ट) पदमा जागिर खुलाएको छ।

एनसेलले इच्छुकहरुलाई चैत २६ गते भित्र आवदेन बुझाउने समयसीमा दिएको छ।