BIZMANDU
www.bizmandu.com

सेयर बजारमा १६.९५ अंकको गिरावट, नेप्से २६७६.१७ विन्दुमा, ५ अर्ब ७९ करोडको कारोबार

२०८१ चैत्र १९

सेयर बजारमा १६.९५ अंकको गिरावट, नेप्से २६७६.१७ विन्दुमा, ५ अर्ब ७९ करोडको कारोबार
सेयर बजारमा १६.९५ अंकको गिरावट, नेप्से २६७६.१७ विन्दुमा, ५ अर्ब ७९ करोडको कारोबार

काठमाडौं। सेयर बजारमा मंगलबार दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १६.९५ अंकले ओरालो लागेर २६७६.१७ विन्दुमा आइपुगेको छ।

Tata
GBIME
Nepal Life

ट्रेडिङ बाहेकका उपसमूहले बजार घटाएका हुन्। फाइनान्सको सूचक सर्वाधिक १.८२ प्रतिशतले ओरालो लागेको छ। ट्रेडिङको सूचक सर्वाधिक ४.२९ प्रतिशतले बढेको छ।

२०१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। गुराँस लघुवित्तको सेयर मूल्य सर्वाधिक ५.९६ प्रतिशतले घटेको छ। गार्डियन माइक्रोलाइफको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ।

बजारमा ५ अर्ब ७९ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ। हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक ६४ करोड ४५ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको ४५ करोड ६० लाख, सीईडीबी होल्डिङ्सको २७ करोड ७७ लाख र नेपाल रि-इन्स्योरेन्सको २६ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ।