BIZMANDU
www.bizmandu.com

राप्रपा सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित, संसद्को हिउँदे अधिवेशन अन्त्य

२०८१ चैत्र १९

राप्रपा सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित, संसद्को हिउँदे अधिवेशन अन्त्य
राप्रपा सांसद बोहराको निधनमा शोक प्रस्ताव पारित, संसद्को हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सांसद दीपक बहोराको निधनमा शोक प्रस्ताव पारित गरेर अन्त्य भएको छ।

Tata
GBIME
Nepal Life

सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव राखेका थिए। प्रस्ताव सर्वसम्मतिबाट पारित भयो।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद बोहराको ७४ वर्षको उमेरमा आज बिहान निधन भएको हो।

आजको बैठकमा सभामुखले विविध कारणले लगातार १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित हुने सांसदको अनुपस्थितिको सूचना सुनाएका थिए।

बैठकमा उनले संसद्को चालु अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्यहोराबारे जानकारी गराएका थिए।

सोमबारको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्को चालु अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिरफारिस गरेको थियो।

सभामुख घिमिरेले प्रतिनिधिसभाको चालु पाँचौँ अधिवेशन आजै राति १२ बजेदेखि अन्त्य जानकारी गराउँदै बैठक अन्त्य भएको घोषणा गरेका थिए।