काठमाडौं। एनसीएचएलले एनपीएस-नेसनल कार्ड स्वीच (एनपीएस-एनसीएस) र डोमेस्टिक कार्ड स्कीम (नेपाल पे कार्ड)को पूर्वाधार तयार गरेको छ।
एनसीएचएलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा एक कार्यक्रम गरी पूर्वाधार तयार भएको घोषणा गरेको छ।
गभर्नर अधिकारीले नेपाल पे कार्डबाट कन्ट्रोल्ड वातावरणमा पोस र एटीएमबाट कारोबार गरी एनपीएसको पूर्वाधार तयार भएको जनाउ दिए।
एनपीएसको पूर्वाधारअन्तर्गत नेसनल कार्ड स्वीच, सेन्ट्रलाइज्ड सेटलमेन्ट तथा डिस्ट्रिब्यूसन प्रणाली, एआई/एमएलमा आधारित ठगी तथा जोखिम व्यवस्थापन प्रणाली र डोमेस्टिक कार्ड स्कीमको रुपमा नेपाल पे कार्ड कार्यान्वयनमा आउने कम्पनीले जनाएको छ।
अब आवश्यक सर्टिफिकेसन र बैंक तथा वित्तीय संस्थाका स्वीचहरुलाई इन्ट्रिगेट गरेपछि व्यावसायिकरुपमा सञ्चालनमा आउनेछ। एनपीएसअन्तर्गत रिटेल पेमेन्ट स्वीच र क्रसबोर्डर इन्टरफेस सन् २०२१ नोभेम्बरदेखि सञ्चालनमा छ।
एनसीएचएलले सिटिजन्स, हिमालयन, माछापुच्छ्रे, एनएमबि, प्रभु र सिद्धार्थ बैंक, मुक्तिनाथ विकास र सांग्रिला विकास बैंक, गुडविल फाइनान्सलगायत संस्थासँग प्रिन्सिपल मेम्बरसिपसम्बन्धी सम्झौता गरेको छ।
यसका साथै ११ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई मल्टिपल कार्ड स्कीमको प्रोसेसिङ गर्न प्रदान गर्दै आएको एनसीएचएलले आफ्नो इएफटी स्वीचबाटसमेत नेपाल पे कार्ड अक्वायर गर्न मिल्ने बनाएको छ।
नेपाल पे कार्डअन्तर्गत सदस्य बैंक तथा वित्तीय संस्थाहरू र पीएसपीहरु क्रमश: प्रिन्सिपल तथा एसोसियट सदस्यका रुपमा आवद्ध हुन सक्ने एनसीएचएसलले जनाएको छ।