BIZMANDU
www.bizmandu.com

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँ पुग्यो

२०८१ चैत्र १९

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँ पुग्यो
सुनको मूल्य हालसम्मकै उच्च, तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँ पुग्यो


काठमाडौं। पछिल्ला केही दिनयता सुनको मूल्य दैनिक उच्च विन्दुमा पुगिरहेको छ। आज सुन तोलामा १ हजार ८०० रुपैयाँ बढेको छ।

Tata
GBIME

आज सुन प्रति तोला एक लाख ७९ हजार ७०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार सुन तोलामा १ हजार १०० रुपैयाँ बढेर प्रति तोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार चाँदी तोलामा १० रुपैयाँ बढेर प्रति तोला २ हजार ३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढिरहँदा यसको असर स्थानीय बजारमा परेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनको मूल्य बढेर प्रतिऔंस ३१४३.८२ डलर पुगेको छ। चाँदी प्रतिऔंस ३४.११ डलर छ। सोमबार सुन प्रति‍औंस ३१०८.७२ डलर र चाँदी प्रतिऔंस ३४.८५ डलर थियो।