BIZMANDU
www.bizmandu.com

दोर्दी खोला हाइड्रोपावरको १.५ अर्बको हकप्रद खुला, वैशाख ८ गतेसम्म आवेदन दिन पाउने

२०८१ चैत्र १९

दोर्दी खोला हाइड्रोपावरको १.५ अर्बको हकप्रद खुला, वैशाख ८ गतेसम्म आवेदन दिन पाउने
दोर्दी खोला हाइड्रोपावरको १.५ अर्बको हकप्रद खुला, वैशाख ८ गतेसम्म आवेदन दिन पाउने

काठमाडौं। दोर्दी खोला हाइड्रोपावरले हकप्रद सेयर निष्कासन खुलाएको छ। कम्पनीले मंगलबारदेखि चुक्ता पुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो।

Tata
GBIME

दोर्दी खोलाको हाल चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख रुपैयाँ छ। हाइड्रोपावरले चुक्ता पुँजीको १:१ अनुपातमा प्रति सेयर १०० अंकित दरले १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर बिक्री खुलाएको छ।

कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको थियो। बुक क्लोज अघि कायम सेयरधनीले २०८२ वैशाख ८ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन पाउनेछन्।

कम्पनीले गत माघमा सेबोनबाट हकप्रद निष्कासनको अनुमति पाएको थियो। कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ।