BIZMANDU
www.bizmandu.com

पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल, ४ लाख ४४ हजार पुरस्कार

२०८१ चैत्र १९

पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल, ४ लाख ४४ हजार पुरस्कार
पोखरामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल, ४ लाख ४४ हजार पुरस्कार


काठमाडौं।  पोखरा रंगशालास्थित मल्टिपर्पोज हलमा पहिलो लायन्स कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

Tata
GBIME

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको लायन्स कप भलिबल बैशाख १८ देखि २२ गतेसम्म हुने जानकारी दिएको हो।

प्रतियोगितामा तीन विभागीय सहित नेपालबाट ४ र दुई विदेशी गरी ६ टिमले भाग लिने आयोजकले जनाएको छ। ‘नेपालबाट तीन विभागीय टोली र गण्डकी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। पाकिस्तान भलिबल क्लब आउने पक्का भइसकेको छ। बाँकी एक टिमको लागि भारत र इरानका टोलीसँग सल्लाह भइरहेको छ।’आयोजक मध्येका चण्डीप्रसाद अर्यालले भने।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगितामा सहभागि हुने टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ। दुवै समूहको लिग चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्।  

प्रतियोगितामा सहभागि विभाग बाहेकका टोलीले तीन विदेशी खेलाडी समावेश गर्न पाउने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले ट्रफिसहित ४ लाख ४४ हजार ४४४ प्राप्त गर्नेछन्। यस्तै उपविजेताले २ लाख ४४ हजार ४४४ र तेस्रोले १ लाख ४४ हजार ४४४ रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १४ हजार ४४४ रुपैयाँ पाउनेछन् भने विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ८ हजार ४४४ रुपैयाँ प्राप्त गर्नेछन्   प्रतियोगिता अनुमानित बजेट ८० लाख रहेको र प्रायोजकहरु र टिकट विक्रीबाट उक्त रकम उठाउने आयोजकले जनाएको छ।