BIZMANDU
www.bizmandu.com

एनएसएलमा थोरै दर्शकबीच गतिहीन खेल, झापा र बुटवलको गोलरहित बराबरी

२०८१ चैत्र १७

एनएसएलमा थोरै दर्शकबीच गतिहीन खेल, झापा र बुटवलको गोलरहित बराबरी
Ncell Nepal Super League 2025: Match between Butwal Lumbini FC and Jhapa FC at Dasharath Stadium in Kathmandu on Sunday 30.March.2025. Photo: Udipt Singh Chhetry/USC Images Production


काठमाडौं। झापा एफसी र बुटवल लुम्बिनी एफसी बराबरीमा रोकिएका छन्। नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आइतबार सम्पन्न खेलमा झापा र बुटवल गोलरहित बराबरीमा रोकिएका हुन।

Tata
GBIME
NLIC

आजको खेलमा सीमितमात्र दर्शक स्टेडियममा पुगेका थिए। खेलमा दुबै टोलीको आपसी तालमेल कमोजोर रहँदा खेल गतिहीन रह्यो। एनएसएलका क्लबहरुले नेपाली गोलकिपरमाथि विदेशी गोलकिपरमा धेरै विश्वास गरिरहँदा बुटवलका गोलकिपर दीप कार्कीले भने केही उत्कृष्ट बचाउ गर्दै आफ्नो दर्बिलो उपस्थिति जनाएका छन्।

खेलको १५ मिनेट भित्रै झापाले बनाएको दुई ठूला अवसरलाई बुटवलका गोलकिपर दीप कार्कीले सानदार बचाउ गरे। २२ औँ मिनेटमा अर्सिक लेजरको पेनाल्टी क्षेत्रबाट गरेको उत्कृष्ट प्रहारलाई बचाए। यद्पि पहिलो हाफमा दवाब झापाले एकतर्फी रुपमा प्रभाव बनायो। बुटवलका गोलकिपर कार्की ब्यस्त रहँदा बुटवलले पहिलो हाफमा झापालाई दबाव दिन सकेन।

दोस्रो हाफमा बुटवलका कप्तान एरिक बिस्ट रेडकार्ड खाँदै बाहिरिए। दोहोरो पहेँलो कार्ड ब्यहोरेका उनी ७० औँ मिनेटमा बाहिरिए। त्यसपछि मनिष डाँगीले आमब्याण्ड सम्हाले। यसक्रममा झापा र बुटवल दुबैले आक्रमणका केही सामान्य प्रयास पनि गरे। यद्यपि यसमा सफल भने हुन सकेनन्। र, खेल गोलरहित बराबरीमा टुंगियो।

खेलपछि बुटवलका प्रशिक्षक पुष्पलाल शर्माले अंकविहीन हुन भन्दा एक अंक आउनु राम्रो भएको बताए। अर्कोतर्फ झापाका प्रशिक्षक प्रवेश कटवालले तीन अंकको अपेक्षा गरेको भन्दै एक अंकमा सन्तुष्ट हुन नसक्ने बताए।

एनएसएलका अधिकांश टोलीले गोलकिपरमा विदेशी खेलाडीलाई प्राथमिकता दिएका छन्। नेपाली गोलकिपरलाई विश्वास गर्ने मध्येको टोली हो बुटवल।

‘नेपालको यत्रो जनसंख्याबाट दीप दोस्रो च्वाइसको गोलकिपर हो। अर्थात किरण चेम्जोङ पछिको दोस्रो उही हो। यदि उ पनि बेन्चमा रहन्छ भने स्थिति के हुन्छ?’ प्रो लाइसेन्स प्राप्त भुटानी प्रशिक्षक शर्माले नेपाली र अंग्रेजी लवजमा भने।  

सोमबार तेस्रो खेलमा एफसी चितवन र पोखरा थण्डर्स मैदानमा उत्रने छन्।