BIZMANDU
www.bizmandu.com

पोखरामा भोलिबाट नियमित अन्तर्राष्ट्रिय उडान, हिमालय एयरलाइन्सको भाडादर यस्तो

२०८१ चैत्र १७

पोखरामा भोलिबाट नियमित अन्तर्राष्ट्रिय उडान, हिमालय एयरलाइन्सको भाडादर यस्तो
पोखरामा भोलिबाट नियमित अन्तर्राष्ट्रिय उडान, हिमालय एयरलाइन्सको भाडादर यस्तो

काठमाडौं। हिमालय एयरलाइन्सले पोखरामा सोमबारबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ।

Tata
GBIME

कम्पनीले ल्हासा-पोखरा-ल्हासा नियमित उडान गर्ने भएको हो। कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणबाट पोखरामा साताको एउटा उडान गर्ने अनुमति पाएको छ।

विमानस्थलकी प्रवक्ता जशोदा सुवेदीका अनुसार हिमालयको एयरबस-३१९ सिरिजको जहाज सोमबार १२: ४५ मा  पोखरामा अवतरण गर्नेछ। जहाजले मंगलबार बिहान ८:२० मा ल्हासा उडान गर्नेछ।

कम्पनीले पोखरा-ल्हासा उडानका लागि ३५,१९६ रुपैयाँ र ल्हासा-पोखराका लागि २७,९७० रुपैयाँ भाडा निर्धारण गरेको छ। कम्पनीका अनुसार यात्रुले ५४,९७५ रुपैयाँमा पोखरा-ल्हासा-पोखरा दुईतर्फी उडान सेवा लिन सक्नेछन्। यस्तै ५१,०३७ रुपैयाँमा ल्हासा-पोखरा-ल्हासा उडान सेवा पाउनेछन्।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले नियमित उडानका लागि सबै व्यवस्थापन भइसकेको जानकारी दिए।

‘हामीले भोलिबाट ल्हासा-पोखरा-ल्हासा उडान गर्दैछौं। पोखराबाट पहिलोपटक गर्न लागिएको नियमित उडानका लागि सबै व्यवस्थापन गरिसकेका छौं,’ उनले भने।

हिमालयले काठमाडौं-ल्हासातर्फ साताको ४ दिन नियमित उडान गर्दै आएको छ।

पोखरा विमानस्थलमा चीनको सिचुवान एयरले साताको एउटा व्यावसायिक चार्टर्ड उडान गर्दै आएको छ।