काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। माइतीघरमा भेला भएका उनीहरुले आज र्याली निकालेका हुन्।
सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याज उत्पीडन विरुद्ध महासंघले प्रदर्शन गरिरहेको छ।
आफूहरुको माग पूरा नभएसम्म प्रदर्शन अनिश्चितकालीन जारी रहने उनीहरुले बताएका छन्।