काठमाडौं। राजावादी समूहको आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केट कोटेश्वरमा लुटपाट गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार कोटेश्वर आउटलेटबाट प्रदर्शनकारीले सामान लुटपाट गरेका थिए।
पक्राउ पर्नेमा नुवाकोट विदुर ६ का सुशीला कुमाल, धरानका एलिसा राई, कोटेश्वरका बालकुमारी कार्की र सिन्धुपाल्चोक चौताराका निर्मला कार्की रहेका छन्।
नरेफाँटबाट पक्राउ परेका उनीहरुलाई प्रहरी बृत बानेश्वरमा थप अनुसन्धानका लागि पठाइएको छ।