BIZMANDU
www.bizmandu.com

आपराधिक घटनाहरू रोक्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन महानिरीक्षक थापाको निर्देशन

२०८१ चैत्र १६

आपराधिक घटनाहरू रोक्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन महानिरीक्षक थापाको निर्देशन
आपराधिक घटनाहरू रोक्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन महानिरीक्षक थापाको निर्देशन

काठमाडौं। प्रहरी महानिरीक्षक दीपक थापाले आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गर्न मातहतका प्रहरी कार्यालयहरूलाई निर्देशन दिएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रुपमा शनिबार गरिएको सम्बोधनमा थापाले प्रहरी कर्मचारीहरूलाई उक्त निर्देशन दिएका हुन्।

महानिरीक्षक थापाले आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्। उनले आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन भनेका छन्।

आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनका निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए।