BIZMANDU
www.bizmandu.com

रातभरको सरसफाइपछि कोटेश्वरको भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा, क्षति मूल्यांकन पछि गरिने

२०८१ चैत्र १६

रातभरको सरसफाइपछि कोटेश्वरको भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा, क्षति मूल्यांकन पछि गरिने
रातभरको सरसफाइपछि कोटेश्वरको भाटभटेनी सुपरस्टोर पुनः सञ्चालनमा, क्षति मूल्यांकन पछि गरिने

काठमाडौं। अराजक भीडले तोडफोड र लुटपाट गरेर क्षति पुर्‍याएको कोटेश्वरको भाटभटेनी सुपरस्टोर शनिबारदेखि पुनः सञ्चालनमा आएको छ। रातभरको सरसफाइपछि ग्राहकका लागि सेवा पुनः सञ्चालनमा ल्याइएको व्यवस्थापनले जनाएको छ।

Tata
GBIME
Nepal Life

काठमाडौंको तीनकुनेमा शुक्रबार भएको प्रदर्शनका क्रममा केही उच्छृङ्खल समूह कोटेश्वरस्थित भाटभटेनीमा प्रवेश गरेर सामान लुटपाट र तोडफोड गरेको थियो। अराजक समूह भवनभित्र प्रवेश गरेर मोबाइल, घडी, बियर, महंगा ब्रान्डका रक्सी, कपडा, फलफुल, जुसलगायतका सयौँ वस्तु लुटपाट गरेको थियो। साथै ढुंगा हानेर भवनमा क्षति पुर्‍याएको थियो।

भाटभटेनी सुपर मार्केट्सका सीओओ पानु पौडेलले विज्ञप्ति जारी गर्दै कोटेश्वर सुपरस्टोरको क्षतिको मूल्यांकन र फुटेका सिसा केही दिनभित्रै पुनःनिर्माण गरिने जनाएका छन्। रातभरको सरसफाइपछि बिहानदेखि नियमित सञ्चालनमा आएको उनले जानकारी गराएका छन्।

हुलहुज्जत गरी स्टोरमा प्रवेश गरेर लुटपाट र क्षति पुर्‍याउनेहरुलाई सरकारले छिट्टै कानुनी दायरामा ल्याउनेछ भन्ने विश्वास पनि विज्ञप्तिमार्फत गरिएको छ।