BIZMANDU
www.bizmandu.com

आईपीएल: रोयल च्यालेन्जर्स बेङ्ग्लुरुको लगातार दोस्रो जित, चेन्नई सुपर ५० रनले पराजित

२०८१ चैत्र १६

आईपीएल: रोयल च्यालेन्जर्स बेङ्ग्लुरुको लगातार दोस्रो जित, चेन्नई सुपर ५० रनले पराजित
आईपीएल: रोयल च्यालेन्जर्स बेङ्ग्लुरुको लगातार दोस्रो जित, चेन्नई सुपर ५० रनले पराजित


इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बेङ्ग्लुरुले लगातार दोस्रो जित निकालेको छ। गएराति सम्पन्न खेलमा घरेलु टोली चेन्नइ सुपर किंग्सलाई ५० रनले हराउँदै बेङ्ग्लुरुले ब्याक-टू-ब्याक जित हात पारेको हो।

Tata
GBIME
NLIC

चेन्नइस्थित एमए चिदम्बरमा स्टेडियममा सम्पन्न खेलमा बेङग्लुरु टस हारेर ब्याटिङमा उत्रिएको थियो। जसमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९६ रन बनायो। बेङ्ग्लुरुका लागि कप्तान रजत पतिदारले सर्वाधिक ५० रन बनाउँदा फिल साल्टले ३२, बिराट कोहलीले ३१ तथा देवदत्ता पार्डिकलले २७ रन बनाए।

बलिङतर्फ चेन्नइका नूर अहमदले ३ विकेट लिँदा मथिसा पथिरानाले २ तथा खलिल अहमद र रविचन्द्रन अश्विनले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नइ ८ विकेट गुमाएर १४६ रनमा समेटियो। चेन्नइका लागि रचिन रवीन्द्रले सर्वाधिक ४१ रन बनाउँदा रवीन्द्र जडेजाले २५ तथा शिवम दुबेले १९ रन बनाए। चेन्नइका लागि सबैभन्दा राम्रो स्ट्राइक रेटमा ब्याटिङ गरेका महेन्द्र सिंह धोनीले १६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै अविजित ३० रन बनाए।

बलिङतर्फ बेङ्ग्लुरुका जोस हेजलवुडले सर्वाधिक ३ विकेट लिँदा यस डायल र लिआम लिभङस्टोनले समान २ तथा भुवनेश्वर कुमारले १ विकेट लिए।

यसअघि आफ्नो पहिलो खेलमा बेङ्ग्लुरुले कोलकाता नाइटराइडर्स र चेन्नइले मुम्बई इण्डियन्सलाई हराएको थियो।

आईपीएलमा आज मुम्बई इण्डियन्स र गुजरात टाइटन्स भिड्नेछन्।