BIZMANDU
www.bizmandu.com

तिनकुने क्षेत्रमा लगाइएको कर्फ्यू शनिबार बिहान ७ बजेसम्मलाई निरन्तरता

२०८१ चैत्र १५

तिनकुने क्षेत्रमा लगाइएको कर्फ्यू शनिबार बिहान ७ बजेसम्मलाई निरन्तरता
तिनकुने क्षेत्रमा लगाइएको कर्फ्यू शनिबार बिहान ७ बजेसम्मलाई निरन्तरता

काठमाडौं। स्थानीय प्रशासनले काठमाडौंको तिनकुने क्षेत्रमा लगाएको कर्फ्यू शनिबार बिहान ७ बजेसम्मलाई निरन्तरता दिएको छ।

Tata
GBIME
Nepal Life

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीद्वारा जारी सूचनामा बिहान ७ बजेसम्मका लागि भेला, जुलुस, प्रदर्शनलगायत निषेध गरिएको छ।

राजावादीको प्रदर्शन अराजक बनेपछि शुक्रबार दिउँसोबाट आदेश जारी भएको थियो।

गोशालादेखि एयरपोर्ट हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडिबुटी पुलसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ। यस्तै, बानेश्वर चोकदेखि श्रखमुल पुल र गोशाला चोकदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित कायम गरिएको छ।