BIZMANDU
www.bizmandu.com

वाडा अटो शोमा अवलोकनकर्ताको उपस्थितिबाट गाडी बिक्रेता उत्साही, यस्ता छन् स्टल

२०८१ चैत्र १५

वाडा अटो शोमा अवलोकनकर्ताको उपस्थितिबाट गाडी बिक्रेता उत्साही, यस्ता छन् स्टल
वाडा अटो शोमा अवलोकनकर्ताको उपस्थितिबाट गाडी बिक्रेता उत्साही, यस्ता छन् स्टल


काठमाडौं। पश्चिमान्चल अटोमोबाइल्स डिलर्स एसोसिएसनले पोखरामा आयोजना गरेको वाडा अटो शोमा सबैजसो ठूला ब्रान्डले स्टल राखेका छन्।

Tata
GBIME
NLIC

३० भन्दा धेरै सवारीसाधन ब्रान्डका स्टल रहेको अटो शोमा खासगरी टाटा, बीवाइडी, हुन्डाई, ओमोडा, डिपल, नामी र एमजीका स्टल अवलोकनकर्ताको रोजाइमा देखिएका छन्।

ती गाडीका स्टलमा अन्य स्टलको तुलनामा अवलोकनकर्ता धेरै देखिएका छन्। अवलोकनकर्तालाई आफूतिर आकर्षित गर्न बिक्रेताहरुले स्टलमा राम्रै खर्च गरेका छन्।

बिहिबार सुरु भएको अटो शो चैत १७ गतेसम्म चल्नेछ।

बिक्रेताहरुले बिहिबारबाट नै गाडीको बुकिङ लिइरहेका छन्। पोखरामा पहिलो पटक गरिएको अटो शोमा ग्राहकबाट राम्रो प्रतिक्रिया आएको भन्दै गाडी बिक्रेताहरु उत्साही भएका छन्।

अटो शोमा इभी र पेट्रोल इन्जिनका गाडीको हिस्सा बराबरीजस्तै छ।

नाडा अटो शोपछिको दोस्रो ठूलो गाडी प्रदर्शनीमा ठूला ब्रान्डका आयातकर्ताहरु पनि पुगेका छन्।