BIZMANDU
www.bizmandu.com

समाजवादी मोर्चाको प्रदर्शन : विभिन्न स्थानमा जम्मा भएर भृकुटीमण्डप जाँदै

२०८१ चैत्र १५

समाजवादी मोर्चाको प्रदर्शन : विभिन्न स्थानमा जम्मा भएर भृकुटीमण्डप जाँदै
समाजवादी मोर्चाको प्रदर्शन : विभिन्न स्थानमा जम्मा भएर भृकुटीमण्डप जाँदै

काठमाडौं। समाजवादी मोर्चाको प्रदर्शन काठमाडौंमा सुरु भएको छ। मोर्चाले काठमाडौंका विभिन्न स्थानबाट प्रदर्शन गर्न सुरु गरेको हो।

Tata
GBIME

काठमाडौंका विभिन्न स्थानबाट सुरु भएका प्रदर्शन भृकुटीमण्डपसम्म पुग्ने बताइएको छ। बबरमहलबाट सुरु भएको प्रदर्शनमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू छन्।

प्रदर्शनमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न पनि माग गरिएको छ। त्यस्तै, ऊर्जामन्त्री दीपक खड्काको राजीनामा समेत मागिएको छ।

प्रदर्शनका कारण बिहानैदेखि उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। सवारी आवागमन रोकिएको छ। काठमाडौंको रत्नपार्कबाटै गाडीहरु डाइभर्ट गरिएको छ।

आज एसईईको परीक्षा पनि छ। प्रदर्शनका कारण विद्यार्थीहरु पनि मारमा परेका छन्।