BIZMANDU
www.bizmandu.com

एचआईडीसीएलले माग्यो प्रमुख कार्यकारी अधिकृत, आवेदन बुझाउन १५ दिनको समय

२०८१ चैत्र १५

एचआईडीसीएलले माग्यो प्रमुख कार्यकारी अधिकृत, आवेदन बुझाउन १५ दिनको समय
एचआईडीसीएलले माग्यो प्रमुख कार्यकारी अधिकृत, आवेदन बुझाउन १५ दिनको समय


काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले प्रमुख कार्यकारी अधिकृत(सीइओ)का लागि आवेदन खुलाएको छ।

Tata
GBIME

कम्पनीले १५ दिनको समय तोकेर शुक्रबार आवेदन खुलाएको हो। आवेदन दिन चाहनेले जनप्रशासन वा व्यवस्थापन वा व्यापार वा वित्त वा अर्थशास्त्र वा इन्जिनियरिङ वा कानूनमा वाणिज्य वा कम्पनी कानून विषय लिई प्रथम श्रेणीमा स्नातकोत्तर गरेको हुनुपर्नेछ।

साथै बैंकिङ वा वित्तीय वा कोष व्यवस्थापन वा इन्जिनियरिङको क्षेत्रमा अधिकृत द्वितीय वा वरिष्ठ प्रबन्धक तहमा वा नेपाल सरकारको राजपत्राङ्कित द्वितीय श्रेणी वा सो सरहको पदमा कम्तीमा सात वर्षको अनुभव प्राप्त गरेको योग्यता चाहिन्छ।

प्रथम श्रेणीमा स्नातक गरी चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरेर नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको सदस्यता प्राप्त गरेको र नेपाल सरकारको वा सङ्गठित संस्थाको अधिकृतस्तरको पदमा चार्टर्ड एकाउन्टेन्सी सम्बन्धी काममा कम्तीमा दश वर्षको अनुभव हुनेले पनि आवेदन दिन पाउनेछन्।

आवेदन दिने व्यक्तिले आफ्नो व्यावसायिक कार्ययोजना नेपाली र अङ्ग्रेजी भाषामा पेस गर्नुपर्नेछ। आवेदन दिन ३५ वर्ष पूरा भएको र ५५ वर्ष उमेर ननाघेको हुनपर्ने छ।