BIZMANDU
www.bizmandu.com

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, थपिए ४६ लाख ४६ हजार कित्ता

२०८१ चैत्र १४

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, थपिए ४६ लाख ४६ हजार कित्ता
नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत, थपिए ४६ लाख ४६ हजार कित्ता

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा बिहीबार दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। माउन्टेन इनर्जी नेपाल र महालक्ष्मी विकास बैंकको ४६ लाख ४६ हजार २४२.१६ कित्ता बोनस सेयर थपिएको हो।

Tata
GBIME
Nepal Life

माउन्टेन इनर्जीको ३३ लाख ९४ हजार ८४६.५८ कित्ता बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६० करोड २७ लाख रुपैयाँ पुगेको छ।

त्यस्तै, महालक्ष्मी विकास बैंकको १२ लाख ५१ हजार ३९५.५८ कित्ता सेयर सूचीकृत भएको छ। बैंकले सेयरधनीलाई गत वर्षको मुनाफाबाट ३ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।

बोनस सेयर थपिएपछि महालक्ष्मीको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।