BIZMANDU
www.bizmandu.com

पीएम कपमा ८ खेलयता अपराजित पुलिसको पहिलो हार, आर्मी ४ विकेटले विजयी

२०८१ चैत्र १४

पीएम कपमा ८ खेलयता अपराजित पुलिसको पहिलो हार, आर्मी ४ विकेटले विजयी
पीएम कपमा ८ खेलयता अपराजित पुलिसको पहिलो हार, आर्मी ४ विकेटले विजयी


काठमाडौं। प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको जारी संस्करणमा नेपाल पुलिसले पहिलो हार ब्यहोरेको छ। लगातार ८ खेलमा जित निकालेको पुलिस आज सम्पन्न खेलमा त्रिभुवन आर्मीसँग ४ विकेटले पराजित भएको हो। जारी प्रतियोगितामा पुलिस एकमात्र अपराजित टोली थियो।

Tata
GBIME

भैरहवास्थित एक्स्ट्राटेक ओभलमा टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले ४१.४ ओभरमा अलआउट हुँदै १४८ रन बनाएको थियो। पुलिसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५० रन बनाउँदा आरिफ शेखले २२ तथा सागर ढकालले अविजित १६ रनको योगदान दिए।

बलिङतर्फ आर्मीका शहाब आलमले सर्वाधिक ४ विकेट लिँदा नरेन साउदले ३ तथा कुशल मल्ल र भीम सार्कीले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको आर्मीले ६ विकेट गुमाएर ४१ ओभरको समाप्तीमा लक्ष्य भेट्टायो। आर्मीका लागि विवेक यादवले सर्वाधिक अविजित ४१ रन बनाउँदा तृतराज दासले २५ तथा सन्तोष कार्कीले २२ रन बनाए।

बलिङतर्फ पुलिसका ललित राजवंशीले ४ तथा दीपेन्द्रसिंह ऐरी र करण केसीले समान १ विकेट लिए पनि आर्मीलाई लक्ष्यमा पुग्न रोक्न सकेनन्।

योसँगै शीर्ष दुईमा रहेका नेपाल पुलिस र आर्मीको समान ९ खेलबाट १६ अंक छ। आजै अर्को खेलमा मधेश र वाग्मती प्रदेश प्रतिस्पर्धामा छन्। प्रतियोगिताको फाइनलमा पुलिस र आर्मी नै भिड्नेछन्।