BIZMANDU
www.bizmandu.com

हरिया तरकारीमा रोकिएन विषादीको अधिक प्रयोग, भक्तपुरमा उत्पादित सागमा ८३.६२% मात्रा

२०८१ चैत्र १३

हरिया तरकारीमा रोकिएन विषादीको अधिक प्रयोग, भक्तपुरमा उत्पादित सागमा ८३.६२% मात्रा
हरिया तरकारीमा रोकिएन विषादीको अधिक प्रयोग, भक्तपुरमा उत्पादित सागमा ८३.६२% मात्रा

काठमाडौं। हरिया तरकारीमा विषादीको अत्यधिक प्रयोग नरोकिएको प्रयोगशाला परीक्षणबाट देखिएको छ। काठमाडौं उपत्यका र बाहिरका जिल्लामा उत्पादित तरकारीमा उल्लेख्य मात्रामा विषादी प्रयोग भएको केन्द्रीय कृषि प्रयोगशालाले गरेको परीक्षणबाट देखिएको हो।

Tata
GBIME

भक्तपुरमा उत्पादन भएको पालुङको सागमा अर्गानोफोस्फेट विषादी धेरै पाइएको प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका अनुसार पालुङको सागमा अर्गानोफोस्फेट विषादीको मात्रा ८३.६२ प्रतिशत भेटिएको हो।

यस्तै कालीमाटी तरकारी बजारमा सोमबार धादिङबाट आएको ब्रोकाउलीमा ८५.५४ प्रतिशत विषादी भेटिएको थियो। त्यस्तै, चितवनबाट आएको गोलभेडा ३७.३३ प्रतिशत विषादी भेटिएपछि क्वारेन्टाइनमा राखिएको थियो।