BIZMANDU
www.bizmandu.com

सेयर बजारमा ३९.१३ अंकको वृद्धि, नेप्से २६२१.८६ विन्दुमा पुग्दा ४ अर्ब २० करोडको कारोबार

२०८१ चैत्र १३

सेयर बजारमा ३९.१३ अंकको वृद्धि, नेप्से २६२१.८६ विन्दुमा पुग्दा ४ अर्ब २० करोडको कारोबार
सेयर बजारमा ३९.१३ अंकको वृद्धि, नेप्से २६२१.८६ विन्दुमा पुग्दा ४ अर्ब २० करोडको कारोबार

काठमाडौं। मंगलबार ५८.०५ अंकले घटेको सेयर बजार बुधबार ३९.१३ अंकले बढेको छ। नेप्से परिसूचक २६२१.८६ विन्दुमा पुगेको छ।

Tata
GBIME

कारोबारमा आएका सबै सूचकले बजार बढाएका हुन्। अन्य उपसमूहको सूचक सर्वाधिक २.०९ प्रतिशतले उकालो लागेको छ। लाइफ इन्स्योरेन्स २.०६ र फाइनान्सको मूल्य १.७५ प्रतिशतले बढेको छ।

सेयरमूल्य बढ्दा २३१ कम्पनीका लगानीकर्ताले कमाएका छन्। माउन्टेन हाइड्रोको सूचक सर्वाधिक ५.८५ प्रतिशतले बढेको छ। त्यस्तै, श्वेतगंगा हाइड्रोपावरको सेयरमूल्य ५.३५ प्रतिशतले बढेको छ।

१२ कम्पनीको सेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन्। उपकार लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.०९ प्रतिशतले घटेको छ।

४ अर्ब २० करोड रुपैयाँको सेयर कारोबार हुँदा सर्वाधिक हिमालयम रिइन्स्योरेन्सको ४१ करोड ८६ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

त्यस्तै, नेपाल रिइन्स्योरेन्स ३१ करोड ६३ लाख र गार्डियन माइक्रो लाइफको २२ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।