BIZMANDU
www.bizmandu.com

भरतपुर विमानस्थल स्तरोन्नतिको काम सुस्त, दुई वर्षमा जम्मा ४० प्रतिशत भौतिक प्रगति  

२०८१ चैत्र १३

भरतपुर विमानस्थल स्तरोन्नतिको काम सुस्त, दुई वर्षमा जम्मा ४० प्रतिशत भौतिक प्रगति  
भरतपुर विमानस्थल स्तरोन्नतिको काम सुस्त, दुई वर्षमा जम्मा ४० प्रतिशत भौतिक प्रगति  


काठमाडौं। भरतपुर विमानस्थल स्तरोन्नतिको काम सुस्त भएको छ। दुई वर्षमा जम्मा ४० प्रतिशत काम भएको छ।

Tata
GBIME
NLIC

आयोजना प्रमुख चन्द्रमणि सापकोटाले सोचेअनुसार कामले गति लिन नसकेको बताए। उनका अनुसार दुई तले टर्मिनल भवनमा पहिलो तलाको काम सकिएको छ। ७ तले कन्ट्रोल टावर बनाउनुपर्नेमा ५ तला निर्माण भएको छ। अरु धेरै काम बाँकी छन्।

‘टर्मिनल भवनको पहिलो तलाको काम सकिएको छ। काम सोचे अनुसार हुन सकिरहेको छैन। शिवानी फ्लाइङ स्कुलको ह्याङ्गर हटाउन समय लागेकाले काम प्रभावित भएको हो,’ उनले भने, ‘यो २ वर्षमा ६६ प्रतिशत काम हुनुपर्नेमा भौतिक प्रगति ४० प्रतिशत भएको छ। फाइनान्सियल प्रोग्रेस १६ प्रतिशत मात्र छ।’

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०७९ चैत १६ गते तीन वर्षमा काम पूरा हुने गरी नयाँ टर्मिनल भवनको शिलान्यास गरेका थिए।

तीन वर्षभित्र सम्पन्न गर्नेगरी केसी–क्षमादेवी–प्रतिष्ठा जेभीले एक अर्ब ९२ करोड ७० लाख ९८ हजार ९७७ रुपैयाँमा ठेक्का पाएको थियो। नेपाली सेनाले घोडा प्रजनन् केन्द्र स्थानान्तरण नगरेका कारण धावन मार्ग विस्तारको काम हुन सकेको छैन।

घोडा प्रजनन केन्द्र स्थानान्तरणका लागि सरकारले नेपाली सेनालाई ५० रोपनी जग्गा उपलब्ध गराइसकेको छ भने चालु वर्षका लागि २५ करोड रुपैयाँ बजेट छुट्याइएको छ। सेनाले डीपीआर बनाउने काम भइरहेको बताएको छ। घोडा प्रजनन् केन्द्र स्थानान्तरणपछि सेनाले आफ्नो २२ रोपनी जग्गा भरतपुर विमानस्थललाई दिनेछ।

विमानस्थलको १२ सय मिटर लम्बाईको धावन मार्ग १७ सय मिटरको बनाउने योजना छ।