BIZMANDU
www.bizmandu.com

विद्युत प्राधिकरण बाहिर प्रदर्शन, सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीसँग घम्साघम्सी

२०८१ चैत्र १३

विद्युत प्राधिकरण बाहिर प्रदर्शन, सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीसँग घम्साघम्सी
विद्युत प्राधिकरण बाहिर प्रदर्शन, सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीसँग घम्साघम्सी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकबाट कुलमान घिसिङलाई हटाएको भन्दै विरोध प्रदर्शन जारी छ।

Tata
GBIME

आज रत्नपार्कस्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रिय कार्यालयमा केही समूहले विरोध प्रदर्शन गरेको हो।

सरकारले कुलमानलाई हटाएर प्राधिकरणको प्रबन्ध निर्देशकमा हितेन्द्र शाक्यलाई नियुक्त गरेको छ।

त्यसैको विरोधमा केही समूहले विरोध जनाएका हुन्। मुख्यालय बाहिर भेला भएकाहरुले सडक अवरुद्ध गर्न खोजेपछि प्रहरीले उनीहरुलाई रोकेको थियो।

त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच केही समय घम्साघम्सी परेको थियो।

हिजोदेखि नै रत्नपार्कस्थित मुख्यालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।