BIZMANDU
www.bizmandu.com

इटहरीको सेन्टर प्लाजामा आगलागी, फसेकाहरूको उद्धारका लागि हेलिकप्टर पठाइँदै

२०८१ चैत्र १३

इटहरीको सेन्टर प्लाजामा आगलागी, फसेकाहरूको उद्धारका लागि हेलिकप्टर पठाइँदै
इटहरीको सेन्टर प्लाजामा आगलागी, फसेकाहरूको उद्धारका लागि हेलिकप्टर पठाइँदै

काठमाडौं। सुनसरीको इटहरीमा रहेको सेन्टर प्लाजामा आगलागी भएको छ। बुधबार बिहान सवा १० बजेतिर इटहरी उपमहानगरपालिका-८ स्थित सेन्टर प्लाजाको चौथो तलामा आगलागी भएको हो।

Tata
GBIME
NLIC

अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भएको छ। सशस्त्रबाट नै १ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ।

इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवन सेन्टर प्लाजामा भएको आगलागी । सो भवनमा एक्कासि आगो लागेपछि भवनभित्र रहेका मानिसलाई बाहिर ल्याउन डोरीको सहायताले भवनमा चढ्दै गरेका सुरक्षाकर्मी । तस्बिरः ध्रुव ढकाल/रासस

त्यस्तै, भवनमा फसेकाहरूको उद्धारका लागि गृह मन्त्रालयले हेलिकप्टर पठाउन लागेको छ। ६ वटा दमकलले आगो नियन्त्रणमा प्रयोग गरिएको छ।

आगलागीमा फसेका ५ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

इटहरी(सुनसरी),१३ चैतः व्यावसायिक भवनमा आगलागी हुँदा फसेकाहरुको उद्दार जारी इटहरी बजारको मुख्यचोकमा रहेको १० तले व्यावसायिक भवन सेन्टर प्लाजामा आज बिहान आगलागी हुँदा भवनभित्र रहेकाहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार जारी । सेन्टर प्लाजा नामले परिचित भवनको बीच भागमा आगो लागेकाले माथिल्लो तलाबाट उद्धार कार्य भइरहेको छ । तस्बिरः ध्रुव ढकाल/रासस