BIZMANDU
www.bizmandu.com

नबिल बैंकको कामु सीइओमा मनोज ज्ञवाली नियुक्त, सिनियर डेपुटीबाट बढ्यो जिम्मेवारी

२०८१ चैत्र १३

नबिल बैंकको कामु सीइओमा मनोज ज्ञवाली नियुक्त, सिनियर डेपुटीबाट बढ्यो जिम्मेवारी
नबिल बैंकको कामु सीइओमा मनोज ज्ञवाली नियुक्त, सिनियर डेपुटीबाट बढ्यो जिम्मेवारी


काठमाडौं। नबिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीइओ)मा मनोज ज्ञवाली नियुक्त भएका छन् ।

Tata
GBIME
NLIC

सीइओ ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएसँगै बैंकले ज्ञवालीलाई कामु सीइओ नियुक्त्त गरेको हो।

बैंक सञ्चालक समितिको बुधबारको बैठकले ढुंगानाको राजीनामा स्वीकृत गरेको छ। सँगै ज्ञवालीलाई कामु सीइओ नियुक्त्त गर्ने निर्णय गरेको हो।

ज्ञवाली बैंकमा वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत थिए। ढुंगानाले चैत १० गतेदेखि लागू हुने गरी राजीनामा दिएका थिए।